• २८ फागुन २०८१, बुधबार

गलत रकम लेखिएकै आधारमा चेक अनादर मुद्दा दर्ता हुँदैनः उपाध्यक्ष श्रेष्ठ

blog

माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बुधबार राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काटमाठौँ, फागुन २८ गते । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चेकमा गलत रकम लेखेकै आधारमा चेक अनादरको मुद्दा दर्ता नहुने बताउनुभएको छ ।

बुधबार राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले चेकमा गलत रकम लेखिएको छ भने सच्याउनका लागि समय तोकिएको बताउनुभयो । गल्ती भएका चेक ३० दिनभित्र सच्याउनुपर्ने कानुनी व्यवस्था रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘चेकमा गलत एमाउन्ट लेखेकै कारणले चेक अनादरमा पर्दैन । चेक अनादर दर्ता हुनलाई ३० दिनको जो समय छ त्यो कुराले काउन्ट गर्छ । त्यसकारण गल्ती छ भने त्यो समयमा सँच्चिहाल्छ ।’’

उपाध्यक्ष श्रेष्ठले चेक अनादरमा जरिवाना गर्ने नगर्ने लगायतका विषयमा कानुनी व्यवस्था भइसकेको बताउनुभयो ।