• २८ फागुन २०८१, बुधबार

नेकपा एसको रुकुमपश्चिम अध्यक्षमा सुरज परियार चयन

blog

नवनिर्वाचित जिल्ला अध्यक्ष सुरज परियार लगायत अतिथिहरू । तस्बिर : राजु लामिछाने

राजु लामिछाने
रुकुमपश्चिम, फागुन २८ गते ।
नेकपा (एकीकृत समाजवादी) रुकुमपश्चिमको अध्यक्षमा सुरज परियार चयन हुनुभएको छ । मङ्गलबार जिल्ला सदरमुकाम उद्घाटन भएको पार्टीको नवौँ जिल्ला अधिवेशनबाट परियारको नेतृत्वमा ३७ सदस्यीय जिल्ला समिति चयन भएको हो ।

पार्टीले बुधबार पत्रकार सम्मेलन मार्फत नवगठित जिल्ला कार्यसमितिको विवरण सार्वजनिक गरेको हो । जसअनुसार नेकपा एसको जिल्ला उपाध्यक्षमा दीपकराज खड्का र शेरबहादुर बोहरा, सचिवमा धनराज खड्का तथा उपसचिवमा अमरराज पुन, हिरा रेउले पुरी र खमबहादुर ओली सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित जिल्ला अध्यक्ष सुरज परियारले नयाँ जिल्ला कमिटीका पदाधिकारीको नाम सार्वजनिक गर्नुभएको हो । मङ्गलबार पाटका केन्द्रीय महासचिव घनश्याम भुसालले अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।