• २८ फागुन २०८१, बुधबार

मालपोत कार्यालयका खरिदार घुस सहित पक्राउ

blog

काठमाडौँ, फागुन २८ गते । महोत्तरीको भूमिसुधार तथा मालपोत कार्यालयका खरिदार मुन्नुकुमार दास घुस सहित पक्राउ परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दाससहित लेखापढी कानुन व्यावसायी जिवछ महतोले जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग ३५ हजार घुस लिने क्रममा पक्राउ गरेको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिई गएको टोलीले निज मुन्नुकुमार दास र जिवछ महतोलाई सेवाग्राहीबाट रकम लिँदै गरेको अवस्थामा पक्राउ गरी थप कारबाही अगाडी बढाएको जनाएको छ ।