• ५ जेठ २०८१, शनिबार

मेलम्ची पानी उपत्यका पठाउन बन्द गरिँदै

blog

चित्र मिजार

सिन्धुपाल्चोक, जेठ १८ गते । वर्षाको बाढीभेलले सुरुङ र हेडर्वक्समा क्षति पु¥याउन सक्ने भन्दै मेलम्ची खानेपानी आयोजनाले मेलम्चीबाट राजधानीमा पानी पठाउन बन्द गरेको छ । 

मेलम्ची खानेपानी आयोजना सिनियर इन्जिनियर पदमबहादुर कुवँरले अस्थायी पथान्तरण विधिबाट राजधानी पठाउँदै आएको मेलम्ची पानी बन्द गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार सुरुङमार्फत् पानी पठाउने गेट नम्बर, १, ९ र १० का ढोका बन्द गरिएका छन् ।

गत असार १ गते र त्यसपछिको मेलम्ची बाढीले मेलम्ची खानेपानी आयोजनास्थल अम्बाथान मुहानस्थल, बाँध, हेडर्वक्समा क्षति पु¥याएको थियो । भे्रमाथाङको पहिरो मेलम्ची बाढमिा परिणत भएर आएपछि आयोजनास्थल र सुरङमार्ग गेग्रान लेदो माटो र ठुल्ठूला ढुंगाले पुरेको थियो ।

उक्त गेग्रान, माटो, ढुंगा पन्छाएर वैशाख ११ गतेबाट अस्थायी पथान्तरण विधिबाट मेलम्ची पानी उपत्यका पठाउन थालिएको थियो । 

इन्जिनियर कुवँरले फेरि पनि बाढीले सुरुङ र हेडर्वक्समा क्षति पु¥याउला भनेर भयले अहिले नै ढोकाहरु बन्द गरिएको बताउनुभयो । आयोजनाको सुरक्षाका लागि पानी पठाउन बन्दगरिएको हो । ‘वर्षा लगत्तै उपत्यकामा पानी पठाइनेछ’–उहाँले भन्नुभएको छ । मनसुन कहिले रोकिन्छ, सोही समयदेखि राजधानीमा मेलम्चीको पानी पठाउने तयारी आयोजनाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा जेठदेखि असोजसम्म मनसुनको अवधि रहने बताइएको छ ।

आयोजनाबाट उपत्यकामा प्रतिघण्टा ७ हजार दुई सय घनमिटरका दरले प्रतिदिन १७ करोड लिटर पानी पठाइएकोमा हाल त्यसको एक चौथाई पानी मात्रै सुरुङमार्फत् पथान्तर विधिबाट पठाइएको थियो ।