• २२ फागुन २०८१, बिहिबार

डार्बिन टेबलटेनिसमा मोहित च्याम्पियन

blog

अस्ट्रेलियाको नार्दन टेरीटोरीका खेलकुद तथा संस्कृति मन्त्री जिन्सन चार्ल्स टेबलटेनिस उपाधि विजेता खेलाडीहरू ।

काठमाडौँ, फागुन २१ गते । अस्ट्रेलियाको एनआरएनए एनटीले डार्बिनमा आयोजना गरेको डार्बिन टेबलटेनिस प्रतियोगितामा मोहित बन्जाडे च्याम्पियन बन्नुभएको छ । 

मोहितले एकल स्पर्धाको उपाधि जित्नुभएको हो । शुभम चन्द दोस्रो र राजु शिल्पकार तेस्रो हुनुभयो । यस्र्तै पुरुष डबल्सतर्फको उपाधि मोहित र राजुले जित्नुभयो । फाइनलमा उक्त जोडीले शुभम र जेनिस ओलीको जोडीलाई हराएको थियो । 


यस्तै महिलातर्फको उपाधि सुजाता तिमल्सिनाले जित्नुभयो । अनिता भण्डारी दोस्रो हुनुभयो । जुनियरतर्फ सुलोचन सापकोटा विजेता र सुदिन सापकोटा उपविजेता बन्नुभयो । 

एनआरएनए एनटीका सह-सचिव नवराज सापकोटाको टोलीले दोस्रो पटक यस प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा अस्ट्रेलियामा रहेका नेपाली समुदायका युवा खेलाडीको उत्साहजनक सहभागिता रहेको थियो । 


प्रतियोगिताका विजेता खेलाडीलाई प्रमुख अतिथि अष्ट्रेलियाको नार्दन टेरीटोरीका खेलकुद तथा संस्कृति मन्त्री जिन्सन चार्ल्स, एनआरएनए एनटीका अध्यक्ष तथा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष संजीव गोरखाली, एनआरएनए एनटीका पूर्व अध्यक्ष विष्णु चापागाइलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । 


कार्यक्रमको संयोजन एनआरएनए एनटीका सह-सचिव नवराज सापकोटाले गर्नुभएको थियो। एनआरएनए एनटीले त्यहाँ रहेका नेपाली समुदायलाई लक्षित गरेर विभिन्‍न रचनात्मक तथा सचेतनामूलक कार्यक्रमहरू आयोजना गर्दै आएको छ।