जानु पाण्डे
कपिलवस्तु, फागुन १५ गते । मच्छिन्द्र क्लब दोस्रो मुख्यमन्त्री कपिलवस्तु (तिलौराकोट) गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार सम्पन्न भएको खेलमा मच्छिन्द्रले हिमालयन सेर्पालाई टाईब्रेकरमा ३–० गोलले हरायो । सेमिफाइनलमा मच्छिन्द्रले नेपाल पुलिस क्लब र डिजोन्जी एफसी (सिक्किम) बिचको विजेतासँग खेल्नेछ ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टिमका तर्फबाट गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो । मच्छिन्द्रका तर्फबाट असिम गुरुङ, पुजन श्रेष्ठ र कप्तान सौरभ सुब्बाले गोल गर्नुभएको थियो । गोल रक्षक सन्तोष महतले हिमालयन सेर्पाका खेलाडीका तीन प्रहार जोगाउनुभएको थियो ।