• १३ असोज २०८१, आइतबार

सूचीकृत स्वास्थ्य संस्था बढेसँगै सुरक्षित गर्भपतन गराउने बढे

blog

पुष्कर भण्डारी

डडेल्धुरा, जेठ १६ गते । सूचिकृत स्वास्थ्य संस्थाहरुको संख्या बढ्दै गएसँगै सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा समेत वृद्धि भएको छ । चालू आर्थिक वर्षको अहिलेसम्म मात्रै डडेल्धुरामा ८५४ जना महिलाहरुले सुरक्षित गर्भपतन गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

सात वटा स्थानीय तह रहेको डडेल्धुरामा सात वटै स्थानीय तहमा गरी २० वटा सूचिकृत स्वास्थ्य संस्थाहरुले सुरक्षित गर्भपतन गराउँछन् । औषधि र शल्यक्रिया गरी दुई वटा विधिमार्फत सुरक्षित गर्भपतन गरिन्छ । ८१५ जनाले औषधि र ३९ जनाले शल्यक्रियामार्फत् सुरक्षित गर्भपतन गरेको स्वास्थ्य कार्यालय परिवार नियोजन संयोजक भवानी कुँवरले बताउनुभयो । 

डडेल्धुरा अस्पतालमा मात्रै यस वर्ष १५७ जनाले सुरक्षित गर्भपतन गराउनुभएको छ । यी मध्ये १३१ जनाले औषधिको प्रयोग र २६ जनाले अप्रेसन गरेर सुरक्षित गर्भपतन गराउनुभएको उहाँले बताउनुभयो । 

सोमबार जिल्ला सदरमुकाममा सामुदायिक विकास मञ्चले आयोजना गरेको स्थानीय सञ्चारकर्मीहरुसँग यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी छलफल कार्यक्रममा आयोजना गरिएको थियो । 

सूचिकृत स्वास्थ्य संस्थाहरुमा सुरक्षित गर्भपतन भए पनि अनेच्छिक गर्भ तथा गोपनीयता नरहने र लिङ्ग पहिचान गरी गर्भपतन गराउनेहरु अवैधानिक रुपमा निजी स्वास्थ्य संस्थाहरुमा असुरक्षित गर्भपतन गराउने गरेको बताइएको छ ।  

सोमबार सञ्चारकर्मीहरुसँग गरिएको छलफल कार्यक्रमका सहभागी । तस्बिरः पुष्कर भण्डारी ।