वृक्ष आयुर्वेदका विधि प्राकृतिक र पूर्णरूपमा सुरक्षित हुनुका साथै न्यून आर्थिक लगानी लाग्ने खालका छन् । यसबाट राज्य वा व्यक्तिविशेषलाई कुनै हानि नभएर फाइदा मात्रै हुन सक्छ । वृक्ष आयुर्वेद विश्व स्वास्थ्य सङ्गठनको खाद्य सुरक्षा विषयका लागि नयाँ आयाम ल्याउन सफल हुन सक्छ भने नसर्ने रोग, प्रतिजैविक प्रतिरोध जस्ता स्वास्थ्यका सङ्कटको रोकथाम तथा नियन्त्रणका लागि पनि निकै उपयोगी हुन सक्छ ।
आयुर्वेद आयुको बारेमा अध्ययन गर्ने विज्ञान हो । आयु केवल मानवको नभएर सम्पूर्ण प्राणी मात्रको हुन्छ । आयुर्वेदले समाजले बिर्सिंदै गएको वृक्ष एवं पर्यावरण स्वास्थ्यको विषयलाई पनि समेटेको छ । जसलाई समाजमा आधुनिकीकरणको लहर आउनुपूर्व ‘वृक्ष आयुर्वेद’ विधाको रूपमा विकास गरिएको थियो । उक्त समयमा केवल मानव र बोटबिरुवाका लागि मात्र नभएर पशुका लागि मृग आयुर्वेद, हस्ति आयुर्वेद, अश्व आयुर्वेद जस्ता विधा पनि निकै विकसित थिए । काल खण्डमा पूर्वीय सभ्यता तथा नेपाल–भारतलगायतका देशमा पश्चिमा र मुगलको प्रत्यक्ष–अप्रत्यक्ष आव्रmमणसँगै धेरै कृतिको विनाश भयो । नतिजा स्वरूप आयुर्वेद मानवको चिकित्सा पद्धतिका रूपमा मात्रै आफ्नो अस्तित्व बचाउन सफल भयो । वृक्ष आयुर्वेद, पन्छी आयुर्वेद र पशु आयुर्वेद इतिहासको रूपमा रहन बाध्य भए ।
मानव स्वास्थ्यका लागि पर्यावरण स्वस्थ रहनु अपरिहार्य छ । हाम्रो खानाको स्रोत बोटबिरुवा र पशुपन्छी नै हुन् । बोटबिरुवा तथा पशुपन्छीको स्वास्थ्यले हाम्रो स्वास्थ्यमा सिधा असर पार्ने अकाट्य छ । आजको दिनमा अनेकौँ रोगको विकास भएर मानव जीवनलाई त्रासमय बनाउनुमा धेरै हदसम्म पर्यावरण, बोटबिरुवा तथा पशुपन्छीको स्वास्थ्यप्रतिको हेलचेक्य्राइँ जिम्मेवार छ । विश्व स्वास्थ्य सङ्गठनले ‘सबैका लागि स्वास्थ्य’ भनिरहँदा सबैमा स्वास्थ्य सेवाको पहुँच पु¥याउनुसँगै माथिको हेलचेक्य्राइँ पनि सच्याउनु जरुरी छ । विभिन्न स्वास्थ्य सङ्गठनले गरेको अनुमान अनुसार नसर्ने रोग एवं प्रतिजैविक प्रतिरोध अबको ठुलो महामारीका रूपमा बढ्दै छ ।
खाद्यवस्तु, कृषि तथा पशुपालनमा प्रयोग हुने औषधी तथा रसायनको नियन्त्रण राम्रोसँग हुन नसक्नु, बजारको नियमन राम्रोसँग नहुनु र सहरीकरणको चर्को वृद्धिले मानवीय स्वास्थ्य सङ्कट झनै बढ्दै गएको अवस्था छ । आज विश्वमा बर्सेनि नौ लाख व्यक्ति नसर्ने रोगको कारण मर्ने गर्छन् । यसको नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठनले खाद्य प्रणालीलाई स्वस्थ राख्नु पनि एक महìवपूर्ण नीतिका रूपमा स्थापित गरेको छ । बढ्दो जनसङ्ख्या, सहरीकरण र आधुनिकीकरणको माग पूरा गर्न आज खाद्यान्न तथा खाद्य उत्पादकले अत्यधिक रूपमा हानिकारक रासायनिक मल, कीटनाशक औषधी, सुई लगाएर दिने रसायन आदिको प्रयोग गर्दै आइरहेका छन् । बजारमा अर्गानिक भनेर बेचिने खाद्यवस्तुको पनि साँच्चै कति सुरक्षित छन् भन्ने कुराको कुनै प्रमाण छैन । त्यस्ता अर्गानिक भनिएका खाद्यवस्तुको मूल्य तुलनात्मक रूपमा निकै धेरै हुने हुनाले अधिकतर जनसङ्ख्या असुरक्षित, अस्वस्थकर खाद्यवस्तु किनेर उपभोग गर्नमा बाध्य छन् ।
नसर्ने रोग मात्रै नभएर सरुवा रोगका लागि प्रयोग गरिने एन्टिबायोटिकको अवैधानिक रूपमा कृषि तथा पशु उद्योगमा हुने प्रयोगका कारण विश्वमा भित्रभित्रै जरा गाडिरहेको अर्को भयावह अवस्था ‘प्रतिजैविक प्रतिरोध’ हो । वैज्ञानिकहरू प्रतिजैविक प्रतिरोधलाई निकट भविष्यको ठुलो स्वास्थ्य सङ्कटका रूपमा मान्छन् । स्वास्थ्य क्षेत्रमा वरदानको रूपमा आविष्कार गरिएको एन्टिबायोटिकको अत्यधिक तथा अनियन्त्रित प्रयोग ‘अश्वत्थामाको हातमा ब्रह्मास्त्र’ जस्तै साबित भइरहेको छ । वैज्ञानिकहरूको अनुमान यदि सत्यमा परिणत भयो भने त्यो मानव पशु प्राणी जीवनका लागि प्रलय सरह विनाशकारी हुन सक्छ ।
माथिका स्वास्थ्य समस्याको समाधान वा रोकथाम असम्भव चाहिँ छैन । संसारमा जीवको उत्पत्तिसँगै रोग विकारहरूको पनि उत्पत्ति भएको थियो । परापूर्वकालदेखि आयुर्वेद एवं प्रकृतिमै प्राप्त स्रोतहरूद्वारा चिकित्सा हाम्रो परम्परामै रहेर आएका थिए । कृषि क्षेत्रमा रासायनिक मलहरूको विकास २० औँ शताब्दीको मध्यबाट भएको देखिन्छ । रासायनिक मलको खोज र उपलब्धि त्यो समयमा कुनै कुनै ठाउँमा भएको खाद्य सङ्कट तथा भोकमरी नियन्त्रणका लागि गरिएको थियो । व्यापारिक फाइदाका लागि गरिएको त्यसको अनियन्त्रित तथा अत्यधिक प्रयोगले पर्यावरण र मानव स्वास्थ्य दुवैमा नकारात्मक असर परेको छ । फलस्वरूप आज कृषि उत्पादन त होला तर खाद्यवस्तुमा शरीरलाई आवश्यक पोषणको कमीले कुपोषण हुने तथा हानिकारक रसायनको अवशेषका कारण क्यान्सरलगायतका नसर्ने रोग बढेको देखिन्छ ।
यसको समाधानका लागि अब फेरि पछाडि फर्कनु आवश्यक छ । ‘वृक्ष आयुर्वेद’ सुरपाल नामका आयुर्वेद चिकित्सकले इसं १००० मा लेखेको एक पुस्तक हो; जसमा कृषि उत्पादन, खाद्य बालीको विकास तथा बोटबिरुवामा लाग्ने रोग नियन्त्रण र उपचारका बारेमा लेखिएको छ । आयुर्वेदका मुख्य ग्रन्थमा विभिन्न प्रसङ्गमा वृक्ष आयुर्वेदका पुस्तक तथा लेखकहरूको नाम उल्लिखित पाइन्छ । कालखण्डमा कति पुस्तक पाण्डुलिपि संरक्षणको अभावले नष्ट भए, कति पुस्तक तक्षशिला नलन्दा जस्ता विश्वविद्यालयमा गरिएको आव्रmमणमा नष्ट गराइए । अझै पनि केही वृक्ष आयुर्वेद र सम्बन्धित विधाका पुस्तक उपलब्ध छन् । जसमध्ये कुनै संहिताकाल (२ देखि ६ शताब्दी) कै हुन् भने कुनै अलि पछिका । केही पुस्तक अझै पनि कुनै पुस्तकालय, पुरातìव विभाग वा व्यक्तिगत सङ्कलनका रूपमा भएकाले सर्वसुलभ पहुँचमा आउन सकेका छैनन् । आजको मितिमा उपलब्ध पुस्तकमा शालिहोत्रद्वारा (इपू, ४००) लिखित ‘वृक्ष आयुर्वेद’; वराहमिहिरद्वारा (इसं ५०५–५८१) लिखित ‘बृहत् संहिता;’ सुरपालद्वारा (इसं १०००) लिखित ‘वृक्ष आयुर्वेद;’ शारङ्गधरद्वारा (१३ औँ शताब्दी) लिखित ‘उपवन विनोद;’ भावप्रकाशद्वारा (१६ औँ शताब्दी) लिखित ‘भावप्रकाश निघण्टु’ आदि पर्छन् ।
मुख्यतः वृक्ष आयुर्वेदका ग्रन्थमा भूमि निरूपण (खेतीयोग्य जमिनको छनोट विधि कुन बाली कस्तो माटोमा लगाउने), पादप विवेचना विस्तार (बोटबिरुवाको प्रकार– लता, क्षुप, गुल्म, वनस्पति र तिनको विस्तारः रोप्ने उमार्ने तरिका) बीजोप्ति (बिउ बीजको संरक्षण र उत्पादन उब्जनी विकास), रोपण विधान (बिउबिरुवा लगाउने÷रोप्ने विधि), निषेचन विधि, पोषण विधि, द्रुमरक्षा (कठोर वातावरणीय अवस्थामा बोटबिरुवा जोगाउने विधि), तरु चिकित्सा (बोटबिरुवालाई लाग्ने रोग र उपचार), उपवन व्रिmया (उद्यानको विकास), निवास आसन्न तरु (घरको नजिकै लगाउन उपयुक्त वृक्ष), शुभअशुभ लक्षण (स्वस्थअस्वस्थ बोटबिरुवाको लक्षण), तरु महिमा (बोटबिरुवा वृक्षको महìव) र चित्रीकरण (वर्षभरि फलफूल लगाउने उपाय), आदि विषयको वर्णन पाइन्छ ।
उदाहरणका लागिः बिउ लगाउनुपूर्व माटोमा पञ्चगव्य (गाईको दुध, दही, घिउ, गौत र गोबर) छिट्ने अथवा गोमूत्र छर्कने गर्दा उक्त बिउ राम्रोसँग उम्रिन्छ । (यसमा कोमल के बजाज– २०२२ मा शोध पनि प्रकाशित गरिएको छ, जसमा बिउको पोषणका लागि यो विधि युरिया मलभन्दा बढी प्रभावकारी पाइएको थियो ।) त्यसै गरी खेतीमा किरा लागेमा बोझो, तोरी, बाय बिडङ, हिङ, आदिको धुवाँ दिनाले किरा मर्छ भनिएको छ । हाँगाहरू सर्ने बोटबिरुवामा छिट्टै जरा पलाउनका लागि काटेको हाँगालाई मह, गोबर आदिको लेपको प्रयोग गर्न सकिन्छ । आयुर्वेदको सिद्धान्त मानव, वृक्ष तथा पशु सबैमा बराबर उपयोगी हुन्छ ।
आयुर्वेदीय द्रव्यहरूः जडीबुटी तथा खनिजमा पाइने तìवले बोटबिरुवा, पशु तथा मानिस सबैमा आफ्नो गुणअनुरूप काम गर्छन् । सोही सिद्धान्तअनुरूप कुनै चोटपटक लागेर भर्खरै भाँचिएको वृक्षको हाँगालाई मानवमा हड्डी भाँचिँदा प्रयोग गर्ने लेप; मह, जेठीमधु, अस्थिसंहारी, हाडजोड, आदि लगाएर अँडेर, साल आदिको पातले बाँध्न सकिन्छ । रासायनिक मल र कीटनाशक बजारमा छ्यापछ्याप्ती पाइनुपूर्व यस्ता धेरै विधि प्रयोगमा थिए । केही झन्झटिलो भए पनि प्रभावकारी र कुनै दुष्प्रभाव रहित थिए । ती विधिहरूको पुनप्र्रयोग; सरकारको र अन्य निकायको प्राकृतिक मल, कम्पोस्ट मल, प्राकृतिक कीटनाशक, आदिको प्रवर्धनमा अब भए पनि इच्छा र प्रयास भयो भने हानिकारक रासायनिक मल र कीटनाशकको प्रयोग कम हुन सक्छ । त्यसो गर्दा पर्यावरणको स्वास्थ्यमा टेवा पुग्नुको साथै माटोको गुणस्तर वृद्धि, सही अर्थमा अर्गानिक उत्पादन तुलनात्मक रूपमा कम मूल्यमा प्राप्त हुन्छन् र नसर्ने रोग, कुपोषण आदि कम हुन्छन् ।
आयुर्वेदको मुख्य उद्देश्य स्वस्थ व्यक्तिको स्वास्थ्यको संरक्षण गर्नु तथा अस्वस्थको उचित उपचार गर्नु हो । यो उद्देश्य प्राप्तिका लागि स्वास्थ्यकर आहार तथा उचित विहार अपरिहार्य छन् । स्वस्थकर आहारको प्राप्तिका लागि त्यसको स्रोत खाद्यान्न स्वस्थ विधिबाट उत्पादन हुनु पर्छ । खाद्यान्नको उत्पादनमा हानिकारक रासायनिक मल, कीटनाशक, आदिको प्रयोगले कृषकको स्वास्थ्यमा सिधा असर गर्नुका साथै उपभोक्ताको स्वास्थ्यमा तथा पर्यावरणको स्वास्थ्यमा पनि असर गर्छ । रासायनिक प्रदूषित माटोबाट जमिनमुनिको पानीको स्रोत प्रदूषित हुन्छ र त्यसले ठुलो जनसङ्ख्याको स्वास्थ्यमा समस्या उत्पन्न गराउन सक्छ । त्यसैले कृषि र स्वास्थ्य एकअर्कासँग गहिरो सम्बन्ध राख्छन् । कुनै पनि राज्यले स्वास्थ्यसँग सम्बन्धित नीति बनाउँदा वा कृषिसम्बन्धी नीति बनाउँदा कृषिमा वृक्ष आयुर्वेदको विषय उल्लेख गर्नु आवश्यक देखिन्छ । साथै यस विषयमा अझै धेरै ज्ञानको विकास र विस्तारका लागि पाण्डुलिपिहरूको अध्ययन–अनुसन्धान, त्यहाँ बताइएका विधिमा प्रयोगात्मक अनुसन्धान पनि महìवपूर्ण छ ।
वृक्ष आयुर्वेदका विधि प्राकृतिक र पूर्णरूपमा सुरक्षित हुनुका साथै न्यून आर्थिक लगानी लाग्ने खालका छन् । यसबाट राज्य वा व्यक्ति विशेषलाई कुनै हानि नभएर फाइदा मात्रै हुन सक्छ । वृक्ष आयुर्वेद विश्व स्वास्थ्य सङ्गठनको खाद्य सुरक्षा विषयका लागि नयाँ आयाम ल्याउन सफल हुन सक्छ भने नसर्ने रोग, प्रतिजैविक प्रतिरोध जस्ता स्वास्थ्यका सङ्कटको रोकथाम तथा नियन्त्रणका लागि पनि निकै उपयोगी हुन सक्छ । अबको दिनमा सबैका लागि स्वास्थ्य सफल बनाउन स्वास्थ्य क्षेत्रमा मात्रै नभएर कृषिमा पनि एकीकृत प्रणाली अपरिहार्य देखिन्छ ।