काठमाडौँ, फागुन ८ गते । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य एवम् संविधानसभा सदस्य विदुरप्रसाद सापकोटालाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय आलोनगरमा राखिएको छ ।
बिहीबार निधन हुनुभएका सापकोटाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा राखिएको हो ।
उहाँलाई अन्तिम श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनालसमेत पार्टी केन्द्रीय कार्यालय पुग्नुभएको थियो । उहाँको बिहीबार बिहान उपचारका क्रममा निधन भएको हो ।
५९ वर्षीय सापकोटा २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएको थियो ।
उहाँको निधनप्रति दुःख प्रकट गर्दै पार्टीले उहाँको सम्मानमा श्रद्धाञ्जली अर्पण गरेको छ । श्रद्धाञ्जली अर्पण गर्दै पार्टीका महासचिव घनश्याम भुसालले उहाँको योगदानको स्मरण गर्दै उहाँका योगदान नवयुवाहरूमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सापकोटाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अध्यक्ष नेपालले सम्मान व्यक्त गर्नुभयो ।