• २९ वैशाख २०८१, शनिबार

धान, मकै ,गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ १५ गते । अर्थमन्त्री जर्नादन शर्माले स्वास्थ्य र शिक्षा क्षेत्रको गुणस्तर सुधार गरिने बताउनुभएको छ । आइतबार आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री शर्माले स्वास्थ्य र शिक्षा क्षेत्रको गुणस्तर सुधार गरेर मानव विकासको सुचाङक ०.६५ पुर्‍याउने लक्ष्य राखिएको बताउनुभएको हो । 

कृषि क्षेत्रका उत्पादकत्व वृद्धिका लागि यान्त्रिकीकरण र आधुनिकीकरणका लागि उच्चस्तरको संयन्त्र बनाइनेछ । कृषि बीमा, उत्पादन सङ्कलन केन्द्र र वितरणका लागि बजारको व्यवस्था गरिने, राजस्व बाँडफाँडबाट प्रदेश र स्थानीय तहमा एक खर्ब ६३ अर्ब तीन करोड रकम हस्तान्तरण हुने अनुमान गरिएको छ ।

कृषिमा तालिम तथा गरिबी निवारणसम्बन्धी प्रशिक्षणलाई समावेश गरिनेछ । प्रधानमन्त्री कृषि आधुनिकीरकण परियोनाका लागि पाँच अर्ब ९० करोड रुपियाँ विनियोजन गरिएको छ ।

नेपाल सरकारको स्वामित्वमा रहेको ग्रामीण विकास लघुवित्त संस्थाको पुर्नसंरचना गरेर पुँजी संरचना र क्षमता अभिवृद्धि गरिनेछ । ग्रीन हाइड्रोजन र ग्रीन एमोनिया प्रविधि प्रयोग गरेर रासायनिक मल कारखाना स्थापना गर्न लगानी बोर्डमार्फत कार्य अगाडि बढाइनेछ ।

त्यस्तै, चिनी उत्पादनलाई मुलुकमा आत्मनिर्भर गराउन उखु किसानलाई अनुदान उपलब्ध गराउन ४१ करोड विनियोजन, नगदेबाली लगाउन किसानलाई प्रेरित गरिनेछ । उखु खेतीमा किसानलाई आकर्षित गर्न ८१ करोड रुपियाँ विनियोजन भएका छ ।

कर्णाली प्रदेशमा रैथाने बाली लगाउन प्रेरित गरिने, आफ्नै उत्पादन आफ्नै लगानी कार्यक्रम सञ्चालन गरिनेछ ।

यसैगरी, धान, मकै ,गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइनेछ । २०७९ लाई कृषि जैविक विविधता वर्षका रुपमा मनाइनेछ, नेपाली उत्पादनको वृद्धि गर्नका लागि प्रधानमन्त्री उपभोग उत्पादन कार्यक्रमअन्तर्गत मेक इन नेपाल, मेड इन नेपाल कार्यक्रम लागू गरिने आर्थिक वर्ष २०७९/८० को बजेटमा उल्लेख गरिएको छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।