• १५ असार २०८१, शनिबार

गणतन्त्र दिवसको अबसरमा कार्यालय परिसर सरसफाई

blog

तिलाचन पाण्डे
तम्घास, जेठ १४ गते ।
गणतन्त्र दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय गुल्मीले कार्यालय परिसरमा सरसफाई गरेको छ ।

गणतन्त्र दिवसको अवसरमा रचानात्मक कार्य गर्ने उद्येश्यले कार्यालयको परिसरमा सरसफाई गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

यस्तै, दिवसरको अवसरमा जिल्लामा रहेका सबै सरकारी कार्यालयमा शनिबार साँझदेखि सोमबारसम्म तीन दिन दीपावली गर्ने र रचानात्मक कार्यक्रममहरु गर्ने कार्यक्रम तय भएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिनुभयो ।

अशक्त महिलालाई घरमै गएर नागरिकता प्रदान गरिने
गणतन्त्र दिवसको अवसरमा रेसुंगा नगरपालिका वडा नम्बर १४ मा रहनुभएकी ४८ वर्षीय पूर्ण अशक्त महिलालाई घरमै गएर नागरिकता प्रदान गर्ने कार्यक्रम रहेको प्रजिअ पौडेलले बताउनुभयो ।

गणतन्त्र दिवस नागरिकहरुले अनुभूती गर्ने खालको होस भनेर घरमै गई नागरिकता प्रदान गर्ने योजना बनाएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

यस्तै, दिवसको अवसरमा जिल्लामा रहेका संचार माध्यमहरुबाट रेडियो संबाद कार्यक्रमहरु पनि चलाउने र स्थानीय तहहरुले पनि सोही अनुसारका कार्यक्रमहरुलाई अगाडि बढाउने गरी योजना बनाएको प्रशासनले जनाएको छ ।