• १३ असोज २०८१, आइतबार

बौद्ध विश्वविद्यालय र गौतमबुद्ध विमानस्थलबीच सहकार्य

blog

लुम्बिनी बौद्ध विश्वविद्यालय र भैरहवास्थित गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलबीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर समारोह । तस्बिरः कपिल ज्ञवाली।

कपिल ज्ञवाली
सिद्धार्थनगर,जेठ १३ गते। लुम्बिनीबौद्ध विश्वविद्यालय र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबीच द्विपक्षीय सहकार्य सम्बन्धी सम्झौता भएको छ। २०७९ जेठ १२ गते विश्वविद्यालयको सभाहलमा आयोजित एक समारोहबीच दुई संस्थाबीच सहकार्य सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौता पत्रमा विश्वविद्यालयका रजिष्ट्रार डा.तिलकराम आचार्य र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महापबवन्धक गोविन्दप्रसाद धितालले हस्तारक्षर गर्नुभयो। 

यो सम्झौतापछि बौद्ध विश्वविद्यालयको केन्द्रीय क्याम्पस लुम्बिनी र सिटी कलेज बुटवलमा स्नातक तहमा ट्राभल एण्ड टुरिजम विषयमा अध्ययनरत विद्यार्थी इन्टनसीपका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जानेछन्। चालु शैक्षिक सत्रमै १३ जना विद्यार्थी अन्तर्राष्ट्रिय विमानस्थलमा सिकाई अभ्यासमा खटिनेछन्।

दिगो पर्यटन विकासका लागि नागरिक उड्ययन तथा पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने संयुक्त उद्देश्य सहकार्यको रहेको छ। लुम्बिनी प्रदेशभित्रका पर्यटकीय क्षेत्र तथा बौद्ध स्मारकको प्रवद्र्धन गर्ने, नागरिक उड््डयन तथा पर्यटन उद्योग क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने उद्देश्यले सम्झौता गरिएको हो।

सम्झौता पत्रमा साक्षीको रुपमा विश्वविद्यालय केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख निरबहादुर गुरुङ, सिटी कलेज बुटवलका संयोजक बलबहादुर पाण्डे तथा गौतमबुद्ध बिमानस्थल व्यवस्थापन विभाग प्रमुख हेमप्रसाद दाहाल र टर्मिन ड्युटी अफिसका प्रमुख सुर्यबहादुर खत्रीले हस्ताक्षर गर्नुभएको छ।

कार्यक्रममा बौद्ध विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. गितु गिरी, केन्द्रीय क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. शारदा पौडेल लगायत शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो।