• १३ साउन २०८१, आइतबार

भारतीय ट्रकले अटोलाई ठक्कर दिँदा अटोचालकको मृत्यु

blog

भारतीय ट्रकको ठक्करबाट क्षतिग्रस्त भएको अटो । तस्विर - सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, जेठ ११ गते । कोहलपुरको पिपलचौतारा नजिकै भारतीय ट्रकले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । तीव्र गतिमा रहेको यूपी ३२ डी एन ४३४४ नम्बरको भारतीय ट्रकले भे १ च ४९४१ नम्बरको अटोलाई बुधबार दिउँसो पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर घाइते भएका कोहलपुर १३ का अटो चालक २९ वर्षीय राम सेवक थारुको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

भारतीय ट्रक र चालकलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । यसबारे थप अनुसन्धान भइरहेको कोहलपुर प्रहरीले जनाएको छ ।