• १३ साउन २०८१, आइतबार

बस र टिप्पर ठोकिँदा चार घाइते

blog

नमराज सवेदी

नुवाकोट, जेठ ११ गते । नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा न.ं ५ देविघाटमा बस र टिप्पर ठोकिँदा चार जना घाइते भएका छन् ।

रसुवाको नौकुण्ठ गाउँपालिकाको पार्चेङबाट काठमाडौँका लागि छुटेको बा ४ ख २२५९ नम्बरको बसले बा ४ ख ७७७२ नम्बरको टिप्परलाई पछाडिबाट ठक्कर दिएको हो ।

केरुङ यातायात प्रालिको अनियन्त्रित भई ठक्कर दिएकोे बसमा सवार चारजना घाइते भएको इलाका प्रहरी कार्यालय देविघाटले जनाएको छ । घाइते हुनेहरुमा रसुवा जिल्ला नौकुण्ड गाउपालिका वडा नं ८ का ३५ वर्षीय धनबहादुर गुरुङ, नौकुण्ठकै वर्ष २७ का दावा मिजार, वर्ष ९ का बुद्ध घले र  नुवाकोटको बिदुर नगरपालिका वडा नं ५ का १९ वर्षीय सागर कुमाल रहेका छन् ।

घाइतेहरुमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।  घाइतेहरुको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ । बस चालक ककनी गाउँपालिका वडा नं ६ का शुक्रबहादुर तामाङ र टिप्पर चालक धादिङ जिल्ला गल्छी गाउँपालिका वडा नं ८ का सानुकान्छा लुङ्गेली मगर प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।