• २ असार २०८१, आइतबार

आठ पालिकाको मतपरिणाम सार्वजनिक हुन बाँकी

blog

काठमाडौं, जेठ ११ गते । ७५३ स्थानीय तहमध्ये आठ पालिका बाहेक सबै पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । जसअन्तर्गत नेपाली कांग्रेसले ३२५ पालिका जितेको छ भने नेकपा एमालेले २०३ पालिका जितेको छ । यसैगरी, नेकपा माओवादी केन्द्रले १२१ पालिका जित्दा नेकपा एकीकृत समाजवादीले १२, जनता समाजवादी पार्टीले २१ र अन्य पार्टीले ६३ पालिका जितेका छन् ।

बुधबार मध्यान्ह १२ बजेसम्म निर्वाचन आयोगको केन्द्रीकृत डेटामा समाविष्ट तथ्याङ्कअनुसार नेपाली कांग्रेसले १३७ पालिकामा प्रमुख पद जितेको छ भने तीन पालिकामा अग्रता लिएको छ ।

यस्तै, नेकपा एमालेले ८० पालिकामा प्रमुख पद जितेको छ भने दुई पालिकामा अग्रता लिएको छ । नेकपा माओवादी केन्द्रले २५ पालिकामा प्रमुख पद जितेको छ भने अग्रता लिएको छैन ।

यस्तै, नेकपा एकीकृत समाजवादीले १२ पालिकामा प्रमुख पद जित्दा दुई अग्रता कायम गरेको छैन । 

यस्तै, अन्य पार्टीले ३१ पालिकामा प्रमुख पद जितेका छन भने एक पालिकामा अग्रता छ।

४६० गाउँपालिकातर्फ सबै पालिकाको मतपरिणाम आएको छ ।जसमध्ये कांग्रेसले १८८ पालिकामा अध्यक्ष पद जितेको छ  । एमालेले १२३ पालिकामा अध्यक्ष पद जितेको छ ।

माओवादी केन्द्रले ९६ पालिकामा अध्यक्ष पद जितेको छ भने जनता समाजवादी पार्टीले २१  र अन्य पार्टीले ३२ पालिकामा अध्यक्ष पद जितेको भने एक पालिकामा अग्रता लिएको छ।

यस्तै, कांगेसले १०७ पालिकामा उपप्रमुख पद जितेको छ भने तीन पालिकामा अग्रता लिएको छ। यस्तै, एमालेले ११० पालिकामा उपप्रमुख पद जितेको छ भने तीन पालिकामा अग्रता लिएको छ।

माओवादी केन्द्रले ३३ पालिकामा उपप्रमुख पद जितेको छ भने अग्रता छैन । जनता समाजवादीले १२ पालिकामा उपप्रमुख पद जितको छ भने अग्रता छैन । अन्यले २३ पालिकामा उपप्रमुख पद जितेका छन् भने पालिकामा अग्रता लिएका छैनन्।

यस्तै, कांग्रेसले १८९, एमालेले १२६,मओवादी केन्द्रले ९५,जनता समाजवादी पार्टीले १९ र अन्यले ३० पालिकामा उपाध्यक्ष पद जितेका छन् ।

यी हुन् मत सार्वजनिक हुन बाँकी  आठ पालिका 

स्थानीय तह सदस्य निर्वाचन  अन्तर्गत अब आठ वटा पालिकाको मात्रै अन्तिम परिणाम सार्वजनिक हुन बाँकी छ । ७ सय ५३ मध्ये ७ सय ४५ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।

अन्तिम परिणाम आउन बाँकी पालिकामा काठमाण्डौ महानगरपालिका, उदयपुरको त्रियुगा  र कटारी नगरपालिका, रौतहटको गरुडा र फतुवा विजयपुर नगरपालिका, दाङको तुलसीपुर उपमहानगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र कपिलवस्तुको महाराजगञ्ज नगरपालिका छन् ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।