• २ माघ २०८१, बुधबार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

blog

काठमाडौं, माघ २ गते । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपियाँ ९२ पैसा कायम भएको छ । तोकिएको विनिमयदर अनुसार युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपियाँ ९० पैसा र बिक्रीदर एक सय ४२ रुपियाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६८ रुपियाँ ५६ पैसा र बिक्रीदर एक सय ६९ रुपियाँ २९ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५० रुपियाँ ९८ पैसा र बिक्रीदर एक सय ५१ रुपियाँ ६३ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपियाँ ५३ पैसा र बिक्रीदर ८५ रुपियाँ ९० पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपियाँ १९ पैसा र बिक्रीदर ९६ रुपियाँ ६१ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपियाँ ०२ पैसा र बिक्रीदर एक सय एक रुपियाँ ४५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

जापानी येन १० को खरिदर आठ रुपियाँ ७६ पैसा र बिक्रीदर आठ रुपियाँ ८० पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपियाँ ८७ पैसा र बिक्रीदर १८ रुपियाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपियाँ ८५ पैसा र बिक्रीदर ३७ रुपियाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९६ पैसा र बिक्रीदर ३८ रुपियाँ १२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिदर तीन रुपियाँ ९८ पैसा र बिक्रीदर तीन रुपियाँ ९९ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपियाँ ६६ पैसा र बिक्रीदर ३७ रुपियाँ ८२ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपियाँ ७० पैसा र बिक्रीदर ३० रुपियाँ ८४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ४७ पैसा र बिक्रीदर नौ रुपियाँ ५१ पैसा, स्विडिस क्रोनर एकको खरिदर १२ रुपियाँ ३३ पैसा र बिक्रीदर १२ रुपियाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपियाँ ०२ पैसा र बिक्री दर १९ रुपियाँ १० तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिदर १७ रुपियाँ ७७ पैसा र बिक्रीदर १७ रुपियाँ ८४ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४८ रुपियाँ ०४ पैसा र बिक्रीदर चार सय ४९ रुपियाँ ९८ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६६ रुपियाँ ९१ पैसा र बिक्रीदर तीन सय ६८ रुपियाँ ५० पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५९ रुपियाँ २९ पैसा र बिक्रीदर तीन सय ६० रुपियाँ ८५ पैसा तय भएको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिदर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस