• २९ पुस २०८१, सोमबार

नारीवादी कथा ‘हर स्टोरी’

blog

काठमाडौँ, पुस २९ गते  । २०२४ मा यिहुई साओद्वारा निर्देशित चिनियाँ चलचित्र ‘हर स्टोरी’ हास्य ड्रामा हो, जसले समकालीन समाजमा महिलाका अनुभवहरूको गहिरो चित्रण गर्दै महिला सम्बन्ध, लचिलोपन र सशक्तीकरणको महìवपूर्ण विषयवस्तुलाई उजागर गर्न खोजेको छ । चलचित्रको पृष्ठभूमि साङ्घाई हो, जहाँ एकल आमाको भूमिकामा वाङ एक दृढ र समर्पित आमा बनेकी छिन् । उनका जीवनका चुनौती र अभिभावकीय जिम्मेवारीलाई उनले कुशलतापूर्वक सामना गर्दै अगाडि बढाउँछिन् । उनी आफ्नो सारा जीवन आफ्नो चुलबुले सानी छोरी वाङ मोलीको हेरचाहमा बिताउन चाहन्छिन् ।  

कथाले जिओ ये (झोङ चुक्सी) को आगमनसँग नयाँ मोड लिन्छ । उनको मनमोहक तर मूर्ख व्यक्तित्वले चलचित्रमा हास्य र गहिराइ प्रदान गर्छ । साओ यिहुईको पटकथा आधुनिक समाजका महिलाका व्यक्तिगत सङ्घर्ष मात्र होइन तर सामुदायिक समर्थनको महìव पनि उजागर गर्दछ ।

कथा यिनै तीन पात्रमा केन्द्रित छ । चलचित्रको कथा नाटकीय रूपमा सुरु हुन्छ जब एक संयोगात्मक मुठभेडले नायकबिच गहिरो मित्रतालाई आकार दिन्छ । अनायास भएको एक रातको समय संदिग्ध व्यक्तिसँग संवाद गर्दै देखिन्छ जब उनी सुरक्षाका लागि आफ्नो वाहन चढ्न थाल्छन् जुन यो निर्णयात्मक क्षण बन्दै पछि मित्रतामा बदलिन्छ । सियाओ ये उनलाई मद्दत गर्न दौडन्छिन् । जुन साहसी कार्य नै दुईबिचको सम्बन्धलाई थप मजबुत बनाउने आधार तयार हुन्छ । चलचित्रको कथा परम्परागत कथावाचन सीमाभन्दा अलग छ । चलचित्रले घरपरिवारमा हुने विविध सांस्कृतिक चुनौती उजागर गर्दछ, जसले समय र मानिस दुवैको आवाज बोल्छ । चलचित्रमा कलाकारको अभिनय उत्कृष्ट हुनुका साथै उनीहरूको संवाद र चरित्र विकासले पनि दर्शकलाई गहिरो रूपमा प्रभावित गर्दछ । वाङको भूमिका सशक्त छ । जिओको भूमिकामा देखिएकी झोङ चुक्सीको कथा भिन्न भए पनि एक महìवाकाङ्क्षी गायिकाको भूमिकामा उनी देखिएकी छिन् ।  साओ यिहुईले चलचित्रमा महिलाको सशक्तीकरण आत्मनिर्भरता कुरालाई विशेष रूपमा उजागर गरेका छन्, जसले दर्शकलाई गहिरो सोचमा डुब्न बाध्य बनाउँछ । । चलचित्रको कथा आकर्षक छ र यसले नारीवादी दृष्टिकोणबाट समाजका विभिन्न पक्षलाई समेटेको छ । साङ्घाईको पृष्ठभूमिमा छायाङ्कन गरिएको चलचित्रले त्यहाँको सहरको चहलपहल र आधुनिक जीवनशैलीलाई पनि समेटेको छ । चलचित्रका विभिन्न दृश्यले एक किसिमको रहस्यात्मकता थप्ने काम गर्छ । 

सामाजिक मर्मस्पर्शी विषयवस्तुले चलचित्रलाई केवल मनोरञ्जन मात्रै होइन, एक शिक्षा प्रदान गर्ने साधनसमेत बनाउन सफल भएको देखिन्छ । चलचित्र अवश्य नै सबै उमेर समूहका लागि बनाइएको भावना भरिएका मनमोहक पात्रहरू र प्रत्येक दृश्यमा सावधानीपूर्वक हास्यव्यङ्ग्य समावेश गरेर निर्देशक यी हुईले चलचित्रभित्र दर्शकलाई प्रभाव पार्ने अर्थपूर्ण कुरा सिर्जना गर्नुभएको छ ।