• १३ साउन २०८१, आइतबार

स्विजरल्यान्ड सरकारबाट प्राप्त हुने अनुदान रकम स्वीकार

blog

काठमाडौं, जेठ ९ गते । सरकारले वैदेशिक रोजगारीबाट फर्केकाहरुको पुनः एकीकरण आयोजना सञ्चालन गर्नका लागि स्विजरल्यान्ड सरकारबाट प्राप्त हुने ८६ करोड १३ लाख नेपाली रुपियाँ अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सो कुरा बताउनुभएको हो ।

प्रवक्ता कार्कीले विश्व बैंकबाट यातायात तथा व्यापार अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने करिब ३३ अर्ब रुपियाँ ऋण सहायता लिनेबारे वार्ता टोली गठन गरेको जानकारी दिनुभयो ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन एकै चरणमा सफलतापूर्वक सम्पन्न गर्ने निर्वाचन आयोग, मतदाता र राजनीतिक दलहरूलाई धन्यवाद दिएको छ ।

प्रवक्ता कार्कीले आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्ने राजनीतिक दल, मतदाता, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सञ्चार माध्यमसहित सबैलाई धन्यवाद दिने निर्णय भएको बताउनुभयो ।