• ५ जेठ २०८१, शनिबार

प्रतिबन्धित लागूऔषधसहित तीनजना पक्राउ

blog

झापा, जेठ ९ गते । प्रहरीले प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । शिवसताक्षी नगरपालिका–११ दुधेबाट २ सय ३ ग्राम ४ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर र नगद ३८ हजार ७३० रुपियाँसहित आइतबार बिहान तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

 विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिले र लागूऔषध नियन्त्रण ब्यूरो काँकड्भिट्टाबाट खटिएको प्रहरी टोलीले आइतबार  प्रतिबन्धित लागूऔषधिसहित तीनजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठनले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–७ बस्ने १९ वर्षीय हरदिप राजवंशी, भारत प्रदेश बङ्गाल दार्जिलिङ बस्ने २२ वर्षीय सुरेन मरमन र २३ वर्षीय अर्जुन रोय छन् । साथै उनीहरूले प्रयोग गरेको प्र-१-१०-१५ प ४२१८ र डब्लुबि ७४ भि ६४३९ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता पाठनले जानकारी दिनुभयो ।