काठमाडौँ, पुस १५ गते । तारकेश्वर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टी–१० प्रतियोगितामा सोमबार सात सम्पन्न भएका छन् । जसमा थानकोट वारियर्स, स्मार्ट ए केयर मिडिया, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र मिक्समान्डु विजयी भए ।
पहिलो खेलमा समुह ‘डी’ अन्तर्गत थानकोट वारियर्सले सानो स्वर्ग नेपाललाई तीन विकेटले हरायो । ६४ रनको लक्ष्य पाएको थानकोट वारियर्सले ८.३ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।
समूह ‘बी’ अन्तर्गत दोस्रो खेलमा स्टुडियो सेभेनले स्मार्ट ए केयर मिडियालाई ६ विकेटले हरायो । ४६ रनको लक्ष्य पछाएको स्टुडियो सेभेनले ६.१ ओरमा एक विकेट गुमाएर पूरा गरेको थियो । यस समूहबाट किंग्स क्रिकेट समुह विजेताको रूपमा तथा स्टुडियो सेभेन उपविजेताको रूपमा क्वार्टरफाइनल प्रवेश गरेको छ ।
यही समुहको अर्को खेलमा नेक्सस क्रिकेट एकेडेमीले स्मार्ट ए केयर मिडियालाई सात विकेटले हरायो । बी’ कै अर्को खेलमा नेक्सस क्रिकेट एकेडेमीले टिम रेन्सुलाई पाँच विकेटले हरायो ।
समूह ‘डी’ को खेलमा ग्रेट हिमालय क्रिकेट एकेडेमीले चौथो जित निकाल्ने क्रममा पञ्चायन युथ क्लबलाई १२ रनले हरायो । ४३ रनको लक्ष्य पछ्याउने क्रममा पञ्चायनले ३० रनमा सबै विकेट गुमाएको थियो । जितसँगै ग्रेट हिमालय क्वार्टरफाइनलमा पुगेको छ । अर्को खेलमा मिक्समाण्डुले पञ्चायन युथ क्लबलाई ३० रनले पराजित गरेको छ । समूह ‘डी’ कै अर्को खेलमा मिक्समाण्डु ले सानो स्वर्ग नेपाललाई ७९ रनले पराजित गरेको छ ।
लिग कम नकआउट आधारमा सञ्चालित प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपियाँ पुरस्कार पाउनेछ । प्लेयर अफ दिसिरिजलाई १० हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानलाई जनही पाँच हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।