• ११ पुस २०८१, बिहिबार

पुलिस यु–१८ लिग च्याम्पियन

blog

पुलिसका खेलाडी ।

काठमाडौँ, पुस १० गते । विभागीय टोली नेपाल पुलिस क्लब ललित स्मृति एन्फा यु–१८ युथ लिगको च्याम्पियन बनेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा जारी लिगमा पुलिसले चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले हराउँदै लिगको एक खेल अगावै उपाधि जितेको हो । जितसँगै पुलिसले २१ खेलमा ४८ अङ्क बनायो । दोस्रो स्थानमा रहेको एनआरटीको ४१ अङ्क छ । 

पुलिसलाई जित दिलाउन विक्रम गौतम र कप्तान सुवास बमले गोल गर्नुभयो । चर्च ब्वाइजका लागि स्वयमनिमा पाख्रिनले सान्त्वना गोल फर्काउनुभयो । पुलिस यु–१८ युथ लिग जित्ने तेस्रो टोली हो । यसअघि त्रिभुवन आर्मी र ब्रिगेड ब्वाइज क्लबले उपाधि जितेका थिए ।