• ४ जेठ २०८१, शुक्रबार

वीरगञ्ज महानगरमा गठबन्धनको अग्रता कायमै

blog

फाइल तस्बिर

वीरगञ्ज, जेठ ७ गते। मधेस प्रदेशस्थित पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका राजेशमान सिंहले २८ हजार ३५२ मतसहित अग्रतालाई निरन्तरता दिनुभएको छ। 

उहाँका प्रत्यासी नेकपा (एमाले)का उम्मेदवार विजयकुमार सरावगीले १४ हजार ७०५ मतसहित उहाँसँग प्रतिस्पर्धामा हुनुहुन्छ।

यसैगरी उपप्रमुखमा पनि गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसका इम्तियाज आलम कूल १९ हजार ९०२ मतसहित अग्रतालाई निरन्तरता दिनुभएको छ भने उहाँका प्रत्यासी लोसपाका नेता पुरुषोत्तमलाल झा चार हजार ४२३ मतसहित उहाँसँग प्रतिस्पर्धामा हुनुहुन्छ।

महानगरमा हालसम्म विभिन्न १५ वडाको मात्र मतगणना सम्पन्न भएको छ भने ३२ वटा वडा रहेको यस महानगरमा अन्य वडाको मतपरिमाण आउन बाँकी छ। मतणना गर्न लामो समय लाग्ने भएका कारणले अन्तिम नतिजा आउन एक साता लाग्ने बताइन्छ।

महानगरको नेतृत्वका लागि गठबन्धन बनाउँदा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का बीच तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाएको थियो भने एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच अर्को समूह बनाएर निवर्तमान प्रमुख सरावगीलाई उम्मेदवार बनाएको थियो।