• ४ जेठ २०८१, शुक्रबार

धनुषाको सबैला नगरपालिकामा माओवादी विजयी

blog

विजयकुमार साह 
ढल्केबर, जेठ ७ गते। धनुषाको सबैला नगरपालिकामा प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार निर्वाचित भएका छन्। शनिबार सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार नगर प्रमुखमा कारीराम यादव र उपप्रमुखमा रहिमा खातुन निर्वाचित हुनुभएको हो। 

सबैला नगरपालिकाको नगर प्रमुखमा निर्वाचित यादवले चार हजार २१२ मत प्राप्त गर्नुभएको छ। उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जगत सुन्दर साहले चार हजार ७६ मत पाउनुभएको छ। 

यस्तै उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार खातुनले चार हजार ६९९ मत पाउनुभएको छ। उहाँको निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)की किरणकुमारी कापरले तीन हजार ६०४ मत पाउनुभएको छ।