• ८ पुस २०८१, सोमबार

सप्तरीमा मलखादको कालोबजारीविरुद्ध प्रदर्शन

blog

प्रदर्शनमा सहभागी जनमतका नेता तथा कार्यकर्ता ।

देवरामप्रसाद यादव

सप्तरी पुस ४ गते। सप्तरीको राजविराजमा बिहीबार मलखादमा भएको कालोबजारी विरुद्ध प्रदर्शन भएको छ। जनमत पार्टीका नेता, कार्यकर्ताले कृषि औजारसहित राजविराज खाद डिलरको कालोबजारी विरुद्ध विरोध प्रदर्शन गरेको हो। 

खाद डिलरको कालोबजारी बन्द गर, किसानलाई मलखाद समस्या समाधान गर,कालोबजारी गर्ने डिलरलाई कारबाही गर लगायतका नारा लगाउँदै नगरको विभिन्न भाग परिक्रमा गरेका हुन्। 

र्‍यालीमा जनमत पार्टी मधेस प्रदेश समितिका संसदीय दलका नेता महेश प्रसाद यादव, हनुमान नगरकंकालिनी नगरपालिकाका प्रमुख विरेन्द्रकुमार माझी, बलानविहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव, जिल्ला इन्चार्ज रामगमन साह लगायतका जनमत पार्टीका नेताकार्यकर्ताहरुको सहभागीता रहेको थियो। 

कृषि सामाग्री संस्थान  कार्यालयका राजविराजका प्रमुख सोने लाल मुरमुका अनुसार गोदाममा चार हजार एक सय ८६ मेट्रिकटन युरिया, दुई हजार एक सय एक मेट्रिकटन डिएपी र एक सय ६ मेट्रिकटन पोटास भण्डार रहेकोमा उक्त मल वितरण गरिसकिएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो। 

उहाँका अनुसार प्रदेशबाट अख्तियारी आएपछि भण्डारण गरिएको मल वितरण गरिसकिएको बताउनुभयो।