• १३ साउन २०८१, आइतबार

धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल ११ हजार मतले अगाडि

blog

धनगढी, जेठ ७ गते । कैलालीको धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्ना निकटतम् प्रतिद्वन्द्वी भन्दा ११ हजार मतान्तरले अगाडि रहनु भएको छ । 

शनिबार विहान ५१ हजार ६५ मत गणना हुँदा हमालले २२ हजार ५४१ मत प्राप्त गर्नु भएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार नृपबहादुर वडले ११ हजार ५४४ मत प्राप्त गर्नु भएको छ । नेकपा (एमाले) का उम्मेदवार रणबहादुर चन्दले छ हजार ४२३ मत प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

यसैगरी, उपमेयरमा एमालेका कन्दकला रानाले गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार शान्ति अधिकारीलाई उछिन्नु भएको छ । रानाले १० हजार ८८० र अधिकारीले १० हजार ७०२ मत प्राप्त गर्नु भएको छ । दुवैबीच कडा प्रतिस्पर्धा भइरहेको छ । 

धनगढीमा जम्मा ६३ हजार ७१५ मत खसेको थियो । अब १२ हजार ६२० मतमात्रै गणना गर्न बाँकी रहेको छ । 


Author
अविनाश चौधरी

उहाँ धनगढीबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।