• ११ पुस २०८१, बिहिबार

पोखरा–मुग्लिन सडकखण्डको जामुनेदेखि सेतीपुलसम्म सडक बन्द

blog

सडक स्तरोन्नती काम। तस्बिरः अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, मङ्सिर २८ गते। स्तरोन्नती कार्य भइरहेको पृथ्वीराजमार्गको पोखरा–मुग्लिन सडकखण्डको अन्तर्गत तनहुँको जामुने बजारदेखि पोखराको सेतीपुलसम्मको खण्ड अवरुद्ध हुने भएको छ। 

स्तरोन्नती कार्य अन्तर्गत मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म बन्द हुने जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी अशोक थापाले जानकारी दिनुभयो।  

कोत्रेखोलाको पुलसम्म स्तरोन्नतीको  हुने भएकोले सडक प्रयोगकर्तालाई हुनसक्ने जोखिम तथा यातायात आवागमनमा समेत बाधा पर्न जाने देखिएकोले बन्द गरिएको उहाँले जानकारी दिनुभयो।

थापाका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सवारी आवागमन बन्द हुने भएको छ। 

अत्यावश्यक एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन भने सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो। आंशिक रुपमा प्रभावित हुने भएकोले एक पटकमा बढीमा एक घण्टाको लागि सडक अवरोध हुने उहाँले जानकारी दिनुभयो।