• ११ पुस २०८१, बिहिबार

पृथ्वी राजमार्गमा राति हुँदै आएको अवरोध हट्यो

blog

सडक विस्तारअन्तर्गत दमौलीमा काम हुँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, मङ्सिर २५ गते ।
मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत रातिको समयमा हुँदै आएको अवरोध हटेको छ । दमौली–डुम्रे खण्डको अवरोध हटेको हो ।

तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउरालीसम्म भित्तो खार्नुपर्ने भएकाले रातिको समयमा गरिएको अवरोध हटेको आयोजनाले जनाएको छ ।

छिर्कनेमा डाँडा काट्न अवरोध गरिएको सडक सोमबारदेखि हटाइएको हो । रातिको समयमा दैनिक साढे पाँच घण्टा सडक बन्द गरिएको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

गत मङ्सिर ३ देखि २३ गतेसम्म राति ११ देखि बिहान ४ः३० बजेसम्म सडक बन्द गरी काम गरिएकामा अर्को सूचना प्राप्त नहुन्जेलसम्मका लागि बाटो खुला गरी सवारी आवागमन सञ्चालन गरिएको छ । रातिको समयमा गरिँदै आएको काम हाललाई रोकिएकाले अवरोध नभएको पाण्डेले बताउनुभयो ।