चन्द्र पन्दाक
ताप्लेजुङ, मङ्सिर २४ गते । ताप्लेजुङको दोभानमा लाग्ने पुसेमेलामा अन्तर्राष्ट्रिय आमन्त्रण तथा अन्तर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । पुस १ देखि ५ गतेसम्म लाग्ने पुसेमेलामा विगतका वर्षमा झैं यसवर्ष भलिबल प्रतियोगिता हुने भएको हो ।
आयोजक पुसेमेला सञ्चालन समितिले सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । समितिका अध्यक्ष हेम चोङ्बाङले अन्तर जिल्लास्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएसँगै प्रतियोगितामाा सहभागी हुने टोलीको पनि टुङ्गो लागिसकेको जानकारी दिनुभयो ।
उहाँका अनुसार भारतको सिक्किमसहित भोजपुर, झापा, सङ्खुवासभा, पाँचथर र ताप्लेजुङका दुईसमेत सात टोली सहभागी हुने भएका छन् । प्रतियोगिताका विजेताले ट्रफीसहित तीन लाख रुपियाँ र उपविजेताले एक लाख ७५ हजार रुपियाँ नगद पुरस्कार पाउने समितिले जनाएको छ ।
यस्तै पुसेमेलामा म्याडमिन्टन प्रतियोगिता, साइकलिङ, र्याफ्टिङलगायतका गतिविधि हुने समितिका सचिव सुजन सामेखामले जानकारी दिुनयभो । यसैगरी, राजु लामा, दयाहाङ राई लगायतको उपस्थितिमा साङ्गीतिक कार्यक्रम हुने पनि उहाँले बताउनुभयो । पुसेमेला मेरिङ्देन गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका र मैवाखोला गाउँपालिकाको सङ्गमस्थल चाँगे दोभानमा लाग्नेछ ।