रेखीराम राना
तानसेन, मङ्सिर २३ गते । पाल्पा व्यापार सङ्घको अध्यक्षमा विष्णुबहादुर कार्की चयन हुनुभएको छ । सङ्घको चौथो अधिवेशनबाट सर्वसम्मत रुपमा कार्की अध्यक्षमा चयन हुनुभएको हो ।
सङ्घको वरिष्ठ उपाध्यक्षमा कमल ढकाल, उपाध्यक्षमा युवराज श्रेष्ठ र सितम भण्डारी, महासचिवमाा तुलबहादुर अधिकारी, कोषाध्यक्षमा कपिकृष्ण कार्की, सचिवमा नारायण बस्याल र अम्विका तिमिल्सिना चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै सचिव दस्यहरूमा लक्ष्मण गौतम, गोकुल पौडेल, सपना शाही, शशी श्रेष्ठ, धनकुमारी पाठक, रिता पाण्डेय, प्रज्ञासागर शाक्य, विनोद खाती, कल्पना पोख्रेल, रवीन्द्र आचार्य चयन हुनुभएको छ ।
पदाधिकारीसहित सदस्य सबै समिति सर्वसम्मत रुपमा चयन भएको सङ्घका निवर्तमान अध्यक्ष वामदेव बस्यालले बताउनुभयो ।