• ९ पुस २०८१, मङ्गलबार

रुस-बेलारुसबिच सुरक्षा ग्यारेन्टीमा हस्ताक्षर

blog

रुस, मङ्सिर २३ गते । भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका बेलारुसका समकक्षी अलेक्ज्याण्डर लुकाशेन्कोले रुस र बेलारुसबिचको सुरक्षा ग्यारेन्टीसम्बन्धी नयाँ सन्धिमा हस्ताक्षर गर्नुभएकाे छ । 

रुसी नेताका अनुसार नयाँ सम्झौताले रुस र बेलारुसको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने उद्देश्यले सबै उपलब्ध शक्ति र साधनको प्रयोग गरेर रुसी सामरिक आणविक हतियारहरूसहितको पारस्परिक रक्षा दायित्वहरू रेखाङ्कित गरेको छ । मस्कोले सामूहिक विनाशका हतियारहरू वा परम्परागत हतियारहरूको सम्भावित आक्रमणको प्रतिक्रियामा परमाणु हतियारहरू प्रयोग गर्ने अधिकार सुरक्षित राखेको बेलारुसका नेताले बताएका छन् । 

लुकासेन्कोले सुरक्षा ग्यारेन्टीसम्बन्धी अन्तरराज्य सन्धिमा हस्ताक्षर भएसँगै रणनीतिक सहयोग र सैन्य समन्वयको अभूतपूर्व स्तरमा पुगेको बताउनुभयो । बेलारूसी नेताले नयाँ सम्झौताले दुवै देशको भौगोलिक अखण्डताको रक्षा गर्ने, सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षा गर्ने र रुस र बेलारुसका नागरिकका लागि शान्ति र सुरक्षाको ग्यारेन्टी गर्ने बताउनुभयो । 

बैठकपछिको पत्रकार सम्मेलनमा पुटिनले रूसको नयाँ ओरेश्निक मध्यवर्ती दूरीको ब्यालेस्टिक मिसाइल प्रणाली अर्को वर्ष बेलारुसमा तैनाथ गर्न सकिने बताउनुभयो । रुसी राष्ट्रपति युनियन स्टेटको सर्वोच्च राज्य परिषद्को बैठकमा भाग लिन शुक्रवार मिन्स्क पुग्नुभएको थियो । सिन्ह्वा