• १५ असार २०८१, शनिबार

सिरानचोक गाउँपालिकाको अध्यक्षमा गुरुङ, उपाध्यक्षमा देवकोटा

blog

नरेन्द्र ढकाल

गोरखा, जेठ ५ गते । सिरानचोक गाउँपालिकामा पुनः नेपाली कांगे्रस बिजयी भएको छ । अध्यक्षका उम्मेदवार ज्ञानेन्द्र गुरुङ ४ हजार ६३० मतका बिजयी बन्नुभएको हो । उहाँका निकतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नवराज पुडासैनीले ३ हजार ५३५ मत ल्याउनुभयो । 

पुडासैनीलाई १ हजार ९५ को फराकिलो मतान्तर हराउँदै गुरुङ बिजयी बन्नुभएको सिरानचोक गाउँपालिका निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिनुभयो । वडा २ थालाजुङका निवर्तमान वडाध्यक्ष रहनुभएका गुरुङ लोकप्रिय मत ल्याएर बिजयी बन्नुभयो । ४१ वर्षे युवा गुरुङ यसअघिका वडा अध्यक्षमध्येबाट अध्यक्ष, प्रमुखमा टिकट पाउने एकमात्र व्यक्ति हुनुहुन्छ । 

स्नात्तोतर गर्नु भएका उहाँ राम्रा योजनाकार समेत मानिनुहुन्छ । नेकपा (एमाले) बाट अध्यक्षका प्रत्यासी देबराज श्रेष्ठले १ हजार ५४५ मत ल्याउनु भएको छ । यसैगरी जनता समाजवादी पार्टीका चित्रबहादुर गुरुङले ४८६, राष्ट्रिय प्रजातन्त्र पार्टीका जयप्रकाश बगालेले १२८, मंगोल नेशनल अर्गनाइजेसनका यमबहादुर गुरुङ, ८९ र राष्ट्रिय नागरिक पार्टीका सन्तबहादुर बिश्वकर्माले १० मत पाउनुभयो । 

त्यसैगरी उपप्रमुखमा पनि कांग्रेसका उम्मेदवार रीता देबकोटा बिजयी हुनुभएको छ । ४ हजार १ सय ४ मत ल्याएर उहाँ बिजयी हुनुभयो । उहाँका निकटम् प्रतिस्पर्धी माओवादी केन्द्रकी उम्मेदवार पूर्णकुमारी ढकालले ३ हजार २ सय ४६ मत ल्याएर पराजित हुनुभयो । यसअघि पनि उपाध्यक्ष रहनु भएकी उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित हुनभयो । 

एमालेकी शशिकला देवकोटाले १ हजार ८४४, जनता समाजवादी पार्टीकी शोभा सुनारले ६५२, मंगोल नेशनल अर्गनाइजेसनकी पञ्चमायाँ गुरुङले १७५, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सीता पोखरेलले १४४ र राष्ट्रिय नागरिक पार्टीकी दिपमायाँ बिकले २५ मत ल्याउनुभयो । 

८ वटा वडामा रहेको सिरानचोक गाउँपालिकामा वडा नं. १, २, ३, ४, ८ गरी ५ वटा वडामा कांग्रेस बिजयी भएको छ । वडा ५, ६, ७ मा माओवादी केन्द्रले जित हासिल गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।