• ८ पुस २०८१, सोमबार

इलामको रेड डेभिल्स फाइनलमा

blog

फाइनलमा पुगेको रेड डेभिल्स माइजोगमाई इलामका खेलाडी ।

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर २० गते । झापाको न्यु स्टार क्लब बिर्तामोडलाई हराउँदै इलामको रेड डेभिल्स माइजोगमाई ताप्लेजुङमा भइरहेको अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

बिहीबार भएको सेमिफाइनलमा न्यु स्टारलाई ४–३ गोल अन्तरले पराजित गर्दै रेड डेभिल्स फाइनल पुगेको हो । निर्धारित समयावधिमा दुवै टोली गोलरहित भएपछि खेल प्यानल्टी सुटआउटमा धकेलिएको थियो ।

प्यानल्टी सुटआउटमाा बिर्तामोडलाई पराजित गर्दै इलाम फाइनलमा पुग्न सफल भएको हो । फाइनलमा पुगेसँगै अब इलाम र गोधुली फुटबल क्लब धरानबिच उपाधि भिडन्त हुने छ । यसअघि भएको खेलमा तेह्रथुमको सम्दु फुटबल क्लबलाई हराउँदै धरान फाइनलमा पुगेको हो ।

फाइनल खेल भने शनिबार हुने आयोजक चासोक तङ्नाम सञ्चालन समितिले जनाएको छ । लिम्बू जातिको सांस्कृतिक पर्व चासोक तङ्नामको अवसरमा आयोजना गरिएको प्रतियोगिताको विजेताले ट्रफीसहित तीन लाख दुई हजार ८१ रुपियाँ  पुरस्कार पाउने छ । 

यस्तै उपविजेताले एक लाख ५१ हजार ८१ रुपियाँ पुरस्कार प्राप्त गर्ने आयोजक समितिका सहसंयोजक दिनेश लिङ्खिमले जानकारी दिनुभयो । शुक्रबार चासोक तङ्नाम विशेष सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।