• ८ पुस २०८१, सोमबार

अपाङ्गता दिवसमा रक्तदान

blog

कमल खत्री

धम्बोझी, मङ्सिर १९ गते । अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा नेपालगन्जको होटल द ग्यालेक्सी दरबारले रक्तदान कार्यक्रम गरेको छ । नेपालगन्ज उपमहानगरपालिका – १ धम्बोझीस्थित होटल परिसरमा गरिएको रक्तदानमा ३५ जनाले रक्तदान गर्नुभयो । 

बाँकेमा पछिल्लो समय रगत अभाव भइरहेको बेला होटल द ग्यालेक्सी दरबारले रक्तदान गरेको हो । रगतको अभावमा बिरामीको उपचारमा समस्या नहोस् भनेर रक्तदान गरिएको होटल द ग्यालेक्सी दरबारका म्यानेजर हस्तबहादुर हिमालले बताउनुभयो । 

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामी र व्यवस्थापक हिमालले रक्तदान कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सामाजिक सेवा भावले गरिएको रक्तदानमा सहयोग गर्ने सबैलाई व्यवस्थापक हिमालले धन्यवाद दिनुभयो ।

सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा होटल द ग्यालेक्सी दरबारले हरेक वर्ष विभिन्न सामाजिक कार्य गर्दैआएको उहाँले जानकारी दिनुभयो । नेपालगन्जमा रगत अभाव भएको खबर सुनेपछि यस पटक रक्तदान कार्यक्रम गरिएको व्यवस्थापक हिमालले बताउनुभयो ।