• ७ पुस २०८१, आइतबार

प्रधानमन्त्री ओली–एनपिसी अध्यक्ष भेटवार्ता

blog

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेस (संसद)का अध्यक्ष चाओ ल चीबीच मङ्गलबार ग्रेट हल अफ पिपलमा शिष्टाचार भेटवार्ता हुँदै । तस्बिरः प्रधानमन्त्रीको सचिवाल

बेइजिङ (चीन) मङ्सिर १८ गते । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनकंग्रेस (एनपिसी)का अध्यक्ष चाओ ल चीबिच भेटवार्ता भएको छ । त्यस अवसरमा उहाँहरुबीच नेपाल–चीन सम्बन्धका साथै पारस्परिक चासोका साझा विषय र संसदीय मामिलाका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नुभएको थियो । आजै प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री लि छ्याङ नेतृत्वको प्रमण्डलसँग द्विपक्षीय भेटवार्ता गरेको थियो । प्रधानमन्त्री लीको मैत्रीपूर्ण निमन्त्रणामा चार दिवसीय भ्रमणका क्रममा प्रधानमन्त्री ओली हिजो अपराह्न यहाँ आइपुग्नुभएको हो । सोमबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओली यही मङ्सिर २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।