• १९ असार २०८१, बुधबार

काँग्रेस सभापति शाही सवार गाडी दुर्घटना, तीन जना घाइते

blog

हरिकृष्ण ऐडी 

मुगु, जेठ ४ गते । काँग्रेस पार्टी मुगुका जिल्ला सभापति ऐनबहादुर शाही सवारी दुर्घटनामा पर्नुभएको छ । सोरु गाउँपालिका ६ बन्जाहा भन्ने स्थानमा शाही सवार गाडी दुर्घटनामा परेको प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो  ।

उहाँकाअनुसार सभापति ऐनबहादुर शाही, कुबेरजंङ शाही र नरबिर शाही सवार गाडी दुर्घटना हुदा घाइते हुनुभएको छ । उहाँहरुलाई माउन्टेन हेलिकप्टरबाट बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका लागि लगिएको छ प्रहरी नायब उपरीक्षकले जानकारी गराउनुभयो । 

उहाँहरु जिल्लाको सदरमुकाम गमगढीदेखि सोरु गाउँपालिकाको सदरमुकाम सोरुकोटमा जाँदैगर्दा सोरुको बन्जाहा  भन्ने ठाँउमा आज गाडी  दुर्घटना भएको थियो । जिल्ला सभापति शाही सवार गाडी  लु १ ज १७७२ नम्बरको भएको प्रहरीले जनाएको छ ।