• १९ असार २०८१, बुधबार

खैरहनी नगरपालिकामा मेयर काँग्रेस, उपमेयरमा एमाले विजयी

blog

शालिग्राम नेपाल 

चितवन, जेठ ४ गते । चितवनको खैरहनी नगरपालिकामा गठवन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार शशीकुमार खनिया निर्वाचित हुनुभएको छ । उहाँले नेकपा (एमाले) का उम्मेदवार लालमणि चौधरीलाई ८५० मतले पराजित गर्दै निर्वाचित हुनुभएको हो । 

खनियाले १४ हजार ५४५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी चौधरीले १३ हजार ६९५  मत प्राप्त गर्नुभयो । नगरपालिकाको उपमेयरमा एमालेका उम्मेदवार कविता उप्रेती विजयी हुनुभएको छ । उप्रेतीले १४ हजार १६४ मत प्राप्त गरी विजयी हुनुभयो । 

उहाँको निकटतम प्रतिष्पर्धी गठवन्धनबाट माओवादी केन्द्रका उपमेयरका उम्मेदवार लक्ष्मी ढकाल ९ हजार ६७०  मत प्राप्त गर्नुभयो । खैरहनी नगरपालिका वडा १ मा काँग्रेसका नवराज भुसाल, वडा २ मा काँग्रेसका रोहीणीप्रसाद उप्रेती, वडा ३ मा काँग्रेसकै पूर्णवहादुर गुरुङ, वडा ४ मा एमालेका वेदवहादुर अधिकारी, वडा ५ मा एमालेका छत्रनाथ सुेवेदी निर्वाचित हुनुभयो ।

त्यस्तै, वडा ६ मा एमालेका कमलप्रसाद न्यौपाने, वडा ७ मा एमालेका मनेजर महतो, वडा ८ मा  काँग्रेसका शंकर कँडेल, वडा ९ मा एमालेका वन्धुराम महतो, वडा १० मा काँग्रेसका चन्द्रविक्रम चौधरी, वडा ११ मा एमालेका दीपेन्द्रकुमार दरै, वडा १२ मा काँग्रेसका केदारनाथ पन्त र वडा १३ मा एमालेका कुलप्रसाद भुसाल निर्वाचित हुनुभयो ।    

यसअघि खैरहनी नगरपालिकाको मेयरमा एमालेका लालमणि चौधरी, उपमेयरमा एमालेकै सुनिता थपलिया निर्वाचित हुनुभएको थियो ।