• २३ पुस २०८१, मङ्गलबार

ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तण

blog

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई मोबाइल फोन हस्तान्तरण गर्नुहुँदै ई–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का । तस्बिर : नेपाल प्रहरी

काठमाडौं, मङ्सिर ९ गते । डिजिटल सवारी चालक अनुमति पत्रको नियमनका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ५१ थान मोबाइल फोन हस्तान्तरण गरिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई ई–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले उक्त मोबाइल फोन हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आज हस्तान्तरण भएका स्रोत साधनहरू डिजिटल चलानको कार्यान्वयनमा अत्यन्तै उपयोगी हुने विश्वास लिएको बताउनुभयो । यस्ता सहकार्य र समन्वयले प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।


कार्यक्रममा ई–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले हस्तान्तरण गरिएका मोबाइलबाट नेपाल प्रहरीले आत्मसात् गरेको नयाँ प्रविधिलाई सहयोग पुग्ने बताउनुभयो । आगामी दिनमा ट्राफिक प्रहरीको काम कारबाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, ई–सेवाका पदाधिकारीहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति थियो ।