• ११ मंसिर २०८१, मङ्गलबार

रुसद्वारा सेनाको बदलामा उत्तर कोरियालाई तेल, एन्टी-एयर मिसाइल र आर्थिक सहयोग प्रदान

blog

सियोल, मङसिर ७ गते । रुसले उत्तर कोरियालाई युक्रेन विरुद्ध मस्कोको युद्धलाई समर्थन गर्न पठाएको सेनाको बदलामा तेल, एन्टी-एयर मिसाइल का साथै आर्थिक सहयोग प्रदान गरेको सरकारी अधिकारीहरुले शुक्रबार जनाएका छन् । 

अमेरिका र दक्षिण कोरियाले उत्तरकारियाले रुसलाई युक्रेनसँग लड्न दश हजार भन्दा बढी सैनिकहरु पठाएको दावी गरेका छन् भने विज्ञहरुले किम जोङ उन्नत प्रविधि र बदलामा आफ्नो सेनाका लागि युद्धको अनुभव प्राप्त गर्न उत्सुक रहेको बताएका छन् ।

दक्षिण कोरियाका शीर्ष सुरक्षा सल्लाहकार शिन वोन-सिकले उत्तर कोरियाले सेना तैनातीको बदलामा आर्थिक सहयोगका साथै हवाई रक्षा प्रणालीलाई बलियो बनाउन आवाश्यक उपकरण, एन्टी-एयरक्राफ्ट मिसाइलहरू कोरियामा पठाइएको पुष्टि गर्नु भएको छ । पछिल्लो आठ महिनामा एक दर्जन भन्दा बढी उत्तर कोरियाली तेल ट्याङ्करहरुले रुसको बन्दरगाहमा रहेको तेल टर्मिनलमा ४३ पटक यात्रा गरेको स्याटेलाइट तस्बिरहरु साभार गर्दै बीबीसीले जनाएको छ ।

बेलायती विदेश सचिव डेभिड लम्मीलाई उदृत गर्दै रिपोर्टले तेल हतियार र मिसायलले  मस्को पठाएको सेनाको भुक्तानी लिएको जनाएको छ । उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत जुनमा क्रेमलिन प्रमुखको भ्रमणको क्रममा रणनीतिक साझेदारी सन्धिमा हस्ताक्षर गरेका थिए ।

यसले दुवै राज्यलाई अर्कोमाथि आक्रमण भएमा सैन्य सहायता प्रदान गर्न र पश्चिमी प्रतिबन्धहरुको विरोध गर्न अन्तर्राष्ट्रिय सहयोग गर्न बाटो खोलेको थियो । विश्लेषकहरुका अनुसार सैनिकहरुको बदलामा रुसले उत्तर कोरियालाई तेल र ग्यास जस्ता अन्य प्राकृतिक स्रोतहरुमा पनि पहुँच दिन सक्छ । त्तर कोरियाली विदेश मन्त्री चो सोन हुईले हालै मस्कोको भ्रमण गरी आफ्नो देश विजय दिवससम्म रुसी कमरेडहरुसँग दृढतापूर्वक उभिने बताउनु भएको थियो । रासस/एएफपी