• ७ मंसिर २०८१, शुक्रबार

पिङबाट लडेर किशोरी घाइते

blog

सानीभेरी गाउँपालिका –३ बेलटापुमा लागेको मेला । तस्बिरः राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, मङ्सिर ४ गते । रुकुमपश्चिमको सानीभेरी गाउँपालिका –३ मा लागेको बेल्टापु बेलामा सञ्चालित काठे पिङ खेल्ने क्रममा मंगलबार दिउँसो एक किशोरी घाइते भएकी छन् । 

बेल्टापुस्थित खेल मैदानमा आठबिसकोट नगरपालिका –१० झिन्चौरका प्रेमबहादुर थापाले सञ्चालन गरेको पिङ खेल्ने क्रममा लडेर आठबिसकोट नगरपालिका –१२ घेत्मा निवासी ससे पुनकी छोरी १४ वर्षीया रुपा पुन घाइते हुनुभएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार पिङबाट जमिनमा बजारिएकी रुपाको टाउकोमा चोट लागेको छ । घाइते रुपालाई उपचारका लागि तत्काल सानीभेरी गाउँपालिका –७, छोटेबगरमा रहेको गाउँपालिका अस्पतालमा लिइएकोमा अहिले थप उपचारका लागि चौरजहारी अस्पताल रिफर गरिएको उहाँले जानकारी दिनुभयो । 

बेल्टापुमा गत मङसिर २ गतेदेखि परम्परागत मेला सञ्चालित छ । यस अवसरमा विभिन्न खेलकुदका कार्यक्रमका साथै साँस्कृतिक प्रस्तुतिहरु राखिएको थियो । मुख्य मेला हिजो सोमबारका दिन भएता पनि खेलकुद लगायतका कार्यक्रमहरु आज पनि सञ्चालित रहेको बताइएको छ ।