• १८ पुस २०८१, बिहिबार

स्थानीय कला संरक्षणका लागि प्रतिष्ठान गठन

blog

तानसेन नगरपालिका । तस्बिर : बिन्दु थापा

बिन्दु थापा

पाल्पा, कात्तिक २८ गते । तानसेन नगरपालिका भित्र रहेको कला र संस्कृतिको संरक्षण गर्न नगरपालिकाले तानसेन नगर प्रज्ञा प्रतिष्ठान गठन गरेको छ । तानसेन धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको र यसलाई जीवन्त राख्नुपर्ने दायित्व नगर सरकारको भएकाले प्रतिष्ठानको गठन गरेको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठले तानसेन नगरपालिका भित्रका भाषा, कला ,साहित्य ,संस्कृति संरक्षण संवर्द्धन गर्दै यहाँका मौलिक सिर्जना र प्रतिभालाई उजागर गर्न सामाजिक शास्त्रको अनुसन्धानबाट प्रभावकारी हुने भएकाले नगर प्रज्ञा प्रतिष्ठानको स्थापना गरिएको बताउनुभयो ।

तानसेन नगरपालिकाको १५ औँ नगर सभाले पारित गरेको ऐन अनुसार एक उपकुलपतिसहित १६ जना सदस्य रहेको नगर प्रवक्ता यादवसिंह कार्कीले जानकारी दिनुभयो । प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा चोलेश्वर शर्मा चयन हुनुभएको छ ।

यस्तै सदस्यहरूमा मनमोहन श्रेष्ठ, जीवनबहादुर थापा, केहरसिंह राना, डा.शंकरप्रसाद गैरे, निर्मल श्रेष्ठ, राजन श्रेष्ठ, डा. राजुप्रसाद शाक्य, पदम न्यौपाने, दीपक ज्ञवाली, धनकला गाहा, गणेश ज्ञवाली, अर्चना शाक्य, अनुष्का गहतराज, रामकुमारी थापा, भगवती बस्याल नियुक्ति हुनुभएको छ ।

प्रवक्ता कार्कीका अनुसार प्रज्ञा प्रतिष्ठानले यहाँको कला, प्रतिभाको संरक्षण मात्रै होइन कला र संस्कृतिका माध्यमबाट पर्यटन विकास आर्थिक चलायमान समेत हुनेछ ।