• ४ जेठ २०८१, शुक्रबार

भक्तपुर नगर प्रमुखमा प्रजापति र उपप्रमुखमा जोशी विजयी

blog

काठमाडौं, जेठ २ गते। भक्तपुर नगरपालिकाको प्रमुख पदमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति विजयी हुनुभएको छ।  जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बीसीमा अनुसार प्रजापतिले २९ हजार दुई सय ५२ मत प्राप्त गर्नुभएको हो। 

प्रमुखमा नेपाली कांग्रेसका रामप्रसाद कालुलाले ३४ सय सात, नेकपा (एमाले) का रविन्द्र लाछिमस्युले २८ सय ४१, नेकपा (माअ‍ोवादी केन्द्र) तुल्सीभक्त सुवालले ७६१ मत प्राप्त गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका बद्री लाखाजुले एक हजार ८१ मत प्राप्त गर्नुभएको छ। 

निर्वाचन अधिकृतको कार्यालय अनुसार भक्तपुर नगरपालिका उपप्रमुखमा नेमकिपाकै रजनी जोशी २९ हजार सात सय ५९ मतसहित विजयी हुनुभएको छ। 

उपप्रमुखमा एमालेका रञ्जना खर्बुजाको २९ सय ८८, एकीकृत समाजवादीका ओमचरण अमात्यको १७ सय ७८, माओवादी केन्द्रको यन्द्रमाया सुवालको ९४९ मत परेको छ। राप्रपाका लक्ष्मी छुस्याबागले भने १२ सय ५७ मत प्राप्त गर्नुभएको छ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।