• २६ पुस २०८१, शुक्रबार

वीर गणेशमान सिंह स्मृति राष्ट्रिय टेनिस

सुनिरा र रितिक च्याम्पियन

blog

टेनिसको सिंगल्स उपाधि विजेता ऋतिक राणा र सुनिरा थापा ट्रफीसाथ ।

काठमाडौँ, कात्तिक १० गते । सुनिरा थापा र रितिक राणा चौथो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय टेनिस प्रतियोगिताको सिंगल्समा शनिबार च्याम्पियन बन्नुभएको छ । 

गणेशमान सिंह फाउन्डेसनको आयोजना गरेको प्रतियोगितामा सुनिरा महिला सिंगल्स र रितिक पुरुष सिंगल्समा च्याम्पियन बन्नुभएको हो । 

सिंगल्स च्याम्पियनद्वय रितिक र सुनिराले समान एक लाख रुपियाँ पुरस्कार पाउनुभयो । नेपाल टेनिस सङ्घको कोर्टमा भएको पुरुष सिंगल्सको फाइनलमा सुनिराले अभिलाषा विष्टमाथि ६–४, ७–५ ले हराउनुभयो । 

पुरुष सिंगल्सको फाइनलमा रितिकले राजवीर प्रधानलाई ६–१, ६–३ ले पछि पार्नुभयो । सिंगल्समा दोस्रो हुनेलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरियो । पुरुष सिंगल्समा प्रणव मानन्धर र आयुषमान हजुर घले संयुक्त रूपमा तेस्रो हुनुभयो ।

महिला सिंगल्समा भने प्राज्ना मानन्धर र स्वस्तिका विष्ट तेस्रो बन्नुभयो । तेस्रो हुनेलाई १२ हजार रुपियाँ प्रदान गरियो । प्रतियोगिताको विजेतालाई उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गणेशमान सिंह फाउन्डेसनका सदस्य तथा प्रतियोगिताका संयोजक भाष्करमान सिंहलगायतले पुरस्कार प्रदान गर्नुभयो ।