• ८ जेठ २०८१, मङ्गलबार

मतगणना अपडेट

काठमाडौं महानगर प्रमुखमा बालेन र उपप्रमुखमा सुनिताको अग्रता

blog

काठमाडौं महानगरको मतगणना । तस्बिरः मनोजरत्न शाही

काठमाडौं, जेठ १ गते। काठमाडौं महानगरपालिकाको मतगणना गर्ने क्रम जारी छ। 

दिउँसो ४ बजेसम्मको मतगणनामा महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहको पक्षमा २८ सय २८ मत खसेको छ। दोस्रो स्थानमा रहनुभएका नेकपा (एमाले) का केशव स्थापितले १४ सय ३८ ल्याउनुभएको छ। सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसकी सिर्जना सिंहले १३ सय ४० मत ल्याउनुभएको छ।

महानगरको प्रमुख पदमा उम्मेदवार रहनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठको पक्षमा २७६, स्वतन्त्र उम्मेदवार सुमन सायमीको २७७ मत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यसैगरी, प्रमुखमा निर्वाचन चिह्नहरु कलममा १२, तराजुमा ४२, खड्गमा पाँच, सुगामा एक, तीरमा सात, सांचोमा एक, किताबमा चार, आधा खोसेलो निकालिएको मकैको घोगामा एक, पुतलीमा एक र रिक्सामा एक मत परेको छ।  

महानगर उपप्रमुखमा गठबन्धनतर्फका नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठको ८२३, एमालेको सुनिता डंगोलको २८ सय ८४, राप्रपाका बिनिता मगैयाको ६७० मत परेको छ। यस्तै, निर्वाचन चिन्ह मादलमा एक, हसिया र तारामा एक, कमलको फूलमा तीन, खड्गमा एक, क्यापमा १९, अर्नामा २ र आँखीझ्यालमा २९६ मत परेको छ। 

महानगरका वडा नम्बर १, २, ३, ४, ३१ र ३२ को मतगणना जारी छ।  

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।