• १९ असार २०८१, बुधबार

कैलारी १ मा कांग्रेसका बोहरासहित प्यानल विजयी

blog

अविनाश चौधरी

धनगढी, जेठ १ गते । कैलालीको कैलारी गाउँपालिका–१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका ध्वजहरिपाल बोहरा प्यानलसहित विजयी हुनु भएको छ । उहाँ एक हजार ११५ मत प्राप्त गरेर वडा अध्यक्षमा विजयी हुनु भएको हो ।

महिला सदस्यमा लीलापति चौधरी, दलित महिला सदस्यमा पुष्पा भुल, सदस्यमा तुल्सीप्रसाद चौधरी र शिकारी चौधरी विजयी हुनु भएको छ । २०७४ को निर्वाचनमा यो वडामा माओवादी केन्द्रले जितेको थियो । यसपटक माओवादीलाई नै पराजित गरेर नेपाली कांग्रेसले कैलारीमा विजयी यात्रा सुरु गरेको हो ।