• २१ पुस २०८१, आइतबार

आफ्नै भवनबाट सेवा प्रवाह

blog

वालिङ समाचारदाता 

वालिङ, असोज ३० गते । स्याङ्जाको गल्याङ नगरपालिकाले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा सुरु गरेको छ । गल्याङ नगरपालिका–३ मा नवनिर्मित भवनबाट सेवा सुरु गरिएको हो । नयाँ भवन नौ करोड ५९ लाख १९ हजार ५१ रुपियाँको लागतमा निर्माण गरिएको नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो । 

नगरपालिकाले यसअघि भानुभक्त माविको साँघुरो भवनबाट सेवा प्रवाह गर्दै आएको थियो । नगरप्रमुख भट्टराईले भन्नुभयो, “अब सहज रूपमा नागरिकलाई सेवा प्रवाह गर्न सक्ने छौँ ।” स्थानीय जग्गादाता र क्लबले झन्डै १७ रोपनी जग्गा उपलब्ध गराएको र सोही जग्गामा सुविधासम्पन्न भवन निर्माण गरिएको उहाँले बताउनुभयो । 

सेवाग्राहीलाई समस्या नहोस् भनेर सोही अनुसार नै शाखाको व्यवस्थापन गरिएको प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले जानकारी दिनुभयो । नयाँ भवन बजारबाट नजिकै र सहज ठाउँमा भएकाले सेवाग्राहीलाई सेवा लिन सहज हुने उहाँको भनाइ छ ।