• ९ मंसिर २०८१, आइतबार

अख्तियारले उद्धार कोषमा रकम सहयोग गर्ने

blog

गोरखापत्र अनलाइन 

काठमाडौँ, असोज १६ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाढी, पहिरो र डुबानमा परी पीडित भएकालाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार आयोगका प्रमुख आयुक्तको सात दिन, सचिवको पाँच दिन, सहसचिव र उपसचिवस्तरका कर्मचरीहरुको तीन दिन, शाखा अधिकृत वा सो सरहका कर्मचारीहरूको दुई दिन र अन्य कर्मचारीहरूको एक दिनको तलब बराबरको रकम सो कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

यसैगरी, आयोगले अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानमा परी मृत्यु भएका नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेको छ ।