• ११ असोज २०८१, शुक्रबार

‘मिलन समीर र मिलन समीरहरु’ लाई प्रभुभक्त-छोरीनानी पुरस्कार

blog

अर्जुन काफ्ले

स्याङ्जा, असोज ११ गते । प्रभुभक्त-छोरीनानी वर्ष पुस्तक पुरस्कार-२०८० ‘मिलन समीर र मिलन समीरहरु’ (शृङ्खला कविताहरु-२०८० ) लाई प्रदान गरिने भएको छ । 

नारी स्रष्टा समाजद्वारा प्रदान गर्ने उक्त पुरस्कार समाजका अध्यक्ष सशक्त अग्रज साहित्यकार व्यक्तित्व ममता मृदुलको अध्यक्षतामा बसेको बैठकले उक्त पुस्तकलाई दिने निर्णय गरेको हो । 

नेपाली भाषामा देशैभरिबाट प्रकाशित भएका विभिन्न विधाकेन्द्रित उत्कृष्ट साहित्यिक पुस्तकहरु मध्येबाट गल्याङ् नगरपालिका–८ का युवा कवि मिलन समीरले लेखेको शृङ्खला कविताहरुलाई प्रदान गर्ने निर्णय समाजले गरेको हो । 

पुस्तकका स्रष्टा स्याङ्जाका मिलन समीरलाई पहिलोपटक प्रदान गर्न लागेको प्रभुभक्त– छोरीनानी वर्ष पुस्तक पुरस्कार अग्रज आख्यानकार बिक्रम भक्त जोशी र बिन्जु जोशीद्वारा आफ्ना बुवाआमाको नाममा स्थापना गरिएको हो । पुरस्कार आगामी मङ्सिर १ गतेका दिन विशेष साहित्यिक समारोहमा यो वर्ष पुस्तक पुरस्कार प्रदान गरिने छ । 

मिलन समीरले लेखेको उक्त शृङ्खला कविता सङग्रहमा सात खण्डमा ७६ वटा कविता रहेका छन् । मिलन समीरले अहिले सम्म ‘मिलन समीर र मिलन समीरहरु’ सहित तीन वटा कविता एक मुक्तक सङग्रह सहित चार वटा प्रकाशित भएका छन् ।