• ११ असोज २०८१, शुक्रबार

बार्सिलोना छैटौँ खेलसम्म अपराजित

blog

गोल गरेपछि खुसी मनाउँदै बार्सिलोनाका खेलाडी । तस्बिर : गेट्टी इमेज

काठमाडौँ, असोज ७ गते । स्पेनिस पावर हाउस बार्सिलोनाले ला लिगामा अपराजित यात्रा जारी राखेको छ ।

छैटौँ खेलसम्म अपराजित बार्सिलोनाले आइतबार राति भएको खेलमा भिल्लारियललाई ५–१ गोलले हरायो । भिल्लारियलको मैदानमा बार्सिलोनालाई जिताउन रोबर्ट लेवान्डोस्की र राफिन्हाले दुई दुई गाेल गर्नुभयो । अर्को गोल पाब्लो टोरेले थप्नुभयो । 

भिल्लारियलका लागि अयोज परेजले सान्त्वना गोल फर्काउनुभयो । जितसँगै ६ खेलबाट १८ अङ्क बनाएको बार्सिलोनाले शीर्षस्थान थप बलियो बनाएको छ ।

दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको समान खेलबाट १४ अङ्क छ । पराजित भिल्लारियल ११ अङ्कसहित पाँचौँ स्थानमा छ । एजेन्सी