• ११ असोज २०८१, शुक्रबार

अन्तिम समयमा हारबाट जोगियो सिटी

blog

बल अगाडि बढाउँदै आर्सनलका खेलाडी । तस्बिर : गेट्टी इमेज

काठमाडौँ, असोज ७ गते । इङ्लिस प्रिमियर लिगको शीर्षस्थानमा आसिन म्यानचेस्टर सिटी हारबाट जोगिएको छ । 

घरेलु मैदानमा आइतबार राति भएको खेलमा सिटी आर्सनलसँग २–२ गोलको बराबरीमा रोकिएको हो । प्रतिस्पर्धात्मक खेलमा सिटीले सुरुवाती अग्रता लिएर पनि अङ्क बाँड्न बाध्य भयो ।

एर्लिङ हालान्डले नवौँ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाउनुभयो । त्यसपछि आर्सनलका निकार्डो कालाफिओरीले २२औँ र गाब्रिअल मगालहाल्सले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीलाई अगाडि बढाउनुभयो ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा जोन स्टोनेसले गोल गर्दै सिटीलाई हारबाट जोगाउनुभयो । जितसँगै पाँच खेलबाट १३ अङ्क बनाएको सिटी शीर्षस्थानमा यथावत् छ । आर्सनल ११ अङ्क जोड्दै चौथो स्थानमा छ ।

दोस्रो स्थानमा रहेको लिभरपुल र तेस्रो स्थानमा रहेको एस्टन भिल्लाको समान १२ अङ्क छ । आइतबार राति नै भएको अर्को खेलमा ब्राइटन र नटिङ्घम फरेस्टले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । एजेन्सी