• ११ असोज २०८१, शुक्रबार

साफ यु–१७ फुटबल : श्रीलङ्कामाथि नेपालको सहज जित

blog

नेपाली यु–१७ टोली । तस्बिर : एन्फा

काठमाडौँ, असोज ७ गते । नेपालले भुटानमा जारी साफ यु–१७ च्याम्पियनसिपको दोस्रो खेलमा श्रीलङ्कामाथि सहज जित निकालेको छ ।

भुटानको चाङ्लिमिथाङ स्टेडियममा सोमबार भएको खेलमा नेपालले श्रीलङ्कालाई ४–० गोलले हरायो । नेपालको जितमा सुजन डङ्गोलले ह्याट्रिक गर्नुभयो । अर्को गोल विज्ञान खड्काले थप्नुभयो ।

जितसँगै नेपालले सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ । यसअघि पहिलो खेलमा नेपाल पाकिस्तानसँग १–० गोलले पराजित भएको थियो । नेपालले अब समूह चरणको आफ्नो अन्तिम खेल बुधबार भुटानसँग खेल्नेछ ।